भक्तपुर, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज १ सयले बढेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि १ सयले बढेर प्रति तोला ५८ हजार ३ सयमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार हिजो प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
Comments