भक्तपुर, ३ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज ३ सय रुपैयाँले घटेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि ३ सयले घटेर प्रति तोला ५८ हजार १ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रहँदै सोही मूल्यमा कारोबार भईरहेको छ ।
घट्यो सुनको मूल्य, चाँदी स्थिर
0
Share.
Comments