भक्तपुर, २८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज १ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि १ सयले बढेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
बढ्यो सुनचाँदीको मूल्य
0
Share.
Comments