भक्तपुर, ६ बैशाख । आज पनि सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज ३ सयले बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि ३ सयले बढेर प्रति तोला ५९ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
Comments