भक्तपुर, ५ बैशाख । आज पनि सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज २ सयले बढेर ५९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि २ सयले बढेर प्रति तोला ५८ हजार ७ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
Comments