काठमाडौं, ६ चैत । साताको तेस्रो दिन आज नेप्से परिसूचक १५ अंकले घटेको छ । यस दिन नेप्से सुचक १२५५.४७ कायम भएको छ ।
आज कारोबारमा आएका १५९ कम्पनीका ९ लाख ६२ हजार ९ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड ८९ लाख १६ हजार ४ सय ३९ रुपियाँको कारोबार भएको छ । यस दिन होटल १७ अंकले बढे बाहेक सबै उपसुचकहरु घटेका छन् ।
बैंकिङ ९, बिकास बैंक १६, जलविद्युत २०, फाइनान्स ८, वीमा १५२, उत्पादन ४३, अन्य ७ र माइक्रोफाइनान्स उपसुचक २० अंकले घटेका छन् । यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो । यसको २ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्र स्थानमा रह्यो । यसको २ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
आज स्वदेशी लघुवित्तका लगानीकर्ताले सर्बाधिक ४.९२ प्रतिशत कमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ६ प्रतिशत गुमाएका छन् ।
आज १३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
घट्यो नेप्से १५ अंकले
0
Share.
Comments