काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले गाडीमा राखिने इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ ७ दिन लिखित जवाफसहित आउन भनेको छ । इम्बोस्ड नम्बर प्लेटमा ठूलो आर्थिक चलखेल भएको, भारतीय नम्बर प्लेटजस्तै देखिएको र नम्बर प्लेटमा नेपाली भाषामा नभएको भन्दै वातावरणविद् भरत बस्नेतले फागुन ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गाडीको सम्पुर्ण लगत राख्न सजिलो हुने, राजश्व संकलनमा सहज हुने र गाडी प्रयोग गरेर हुने अपराधिक क्रियाकलाप रोक्न भन्दै सरकारले गएको भदौ ५ गतेदेखि गाडीमा इम्बोस्ट नम्बर प्लेट जडान गर्न सुरु गरेको थियो ।
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
0
Share.
Comments