काठमाडौं, २६ भदौ । राजधानीको पेप्सीकोलामा १५ करोड लागतमा ग्लोबल मार्ट सञ्चालनमा आएको छ । उक्त कम्प्लेक्सको सरकारका वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्रेन गेम जोन पनि सञ्चालनमा आएको छ ।
लामो समय बिदेशमा बसेर स्वदेश फर्किएका युवाले सञ्चालन गरेको सो व्यवसाय आफैंमा उदाहरणीय भएको मन्त्री विश्वकर्माले बताए । ग्लोबल मार्टमा खाद्यान्न, किचेन वयेर, गिफ्ट, कस्मेटिक, बच्चाका खेलौना, जुत्ता, ब्याग तथा लेडिज जेन्सका सम्पूर्ण तयारी पोशाक पाईने सञ्चालक हरिप्रसाद सिटौलाले जानकारी दिए ।
आगामी एक महिनासम्म खाद्यान्नमा ५ तथा रेष्टुरेन्ट र अन्य सबैमा १० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक सिटौलाले बताए । मुनाफा कम्पनीको उद्देश्य रहेपनि सामाजिक उत्तरदायीत्वलाई आफूले कहिल्यै नबिर्सने उनको भनाई छ । प्रत्येक वर्षको मुनाफाबाट २ प्रतिशत सम्म सामाजिक कामका लागि खर्च गर्ने उनले घोषणा समेत गरेका छन । आफूले सञ्चालन गरेका विभिन्न व्यवसायमा प्रत्यक्ष रुपमा हाल ७५ जनालाई रोजगारी दिएको उनले बताएका छन् ।
यसैगरी ग्लोबल प्रतिभा सम्मानबाट तीन जना युवालाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैंयाँ सहित सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुनेमा स्वरोजगार अभियन्ता तथा समाजसेवी सुजन थपलिया, अटिजम भएका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याएकी सविता उप्रेतीलगायत छन् ।
Comments