भक्तपुर, २ भदौ । साताको अन्तिम दिन आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको सुन आज पनि ५५ हजार ५ सय रुपैयाँ मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर ७ सय ५५ मा कारोबार भएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
0
Share.
Comments