काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ ।
सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
२ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता सेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर २३ करोड २१ लाख रुपैयाँमा किनबेच भयो ।
आज सबैभन्दा धेरै जोशी हाइड्रो पावरको शेयर झण्डै ७ प्रतिशत तथा बीपीडब्ल्यू लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।
प्रकाशित मितिः २०८० जेठ १८ बिहिबार
Comments