काठमाडौं । साताको चाैथाे काराेबारका दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजाे तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै, तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा १३३५ रुपैयाँमा कारोबार भइरहेकाे छ। यसअघि मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार
Comments