काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मितिः २०७९ माघ ०८ आइतबार
Comments