काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ । नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । कारोबार रकम घटेको छ ।
मंगलबार नेप्से परिसूचक करिब ३ अंक वृद्धि भएको हो । सोमबार नेप्से परिसूचक १५ अंक घटेको थियो । आज नेप्से परिसूचक १९५३.३५ विन्दुमा रोकिएको छ । यस दिन ९५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार साढे एक अर्ब रुपैयाँको सेयर करोबार भएको थियो ।
मंगलबार २३४ धितोत्रको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर खरिद–बिक्री भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि धवलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक रुपैयाँको सेयर खरिद–बिक्री हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको नौ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता तीन हजार ९७० रुपैयाँ छ ।
यस दिन कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि फइनान्स समूहको भएको छ । यो समूहको परिसूचक १.२१ प्रतिशतले वृद्धि भएको छ ।
परिसूचक सर्वाधिक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक ०.७९ प्रतिशतले घटेको छ ।
प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार
Comments