काठमाडौं । बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ काम गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७९ साल मंसिर १२ सोमबार
Comments