काठमाडौं । साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २७. ९२ अंकले घटेर २०१० को बिन्दुमा झरेको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । आज ४५ लाख ५९ हजार २२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ८७ माथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १६ करोड ५३ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड २० लाख, स्वाबलम्ब लघुवित्तको ६ करोड ६१ लाख र नबिल बैंकको ४ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मितिः २०७९ साउन २९ आइतबार
Comments