काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुनको प्रतितोला चार सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ।
यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ तोकिएको छ।
प्रकाशित मितिः २०७९ असार १३ सोमबार
Comments