काठमाडौं । मंगलबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अंकले घटेसँगै नेप्से २८१५ अंकमा कायम भएको छ । यसअघि आइतबार १० र सोमबार करिब १०० अंकले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा सीमित भएको छ ।
यस दिन जीवन बीमा उपसमूह ६३ अंकले बढेको छ । अरु सबै उपसमूह घटे । बैंकिङ ४, विकास बैंक २०, फाइनान्स ६, होटल तथा पर्यटन ४, जलविद्युत १०, उत्पादन १३, लघुवित्त १६, निर्जीवन बीमा २२, अन्य ९ र व्यापार उपसमूह १ अंकले घटे ।
कुल ६९ कम्पनीको मूल्य बढ्यो भने १०२ को घट्यो १९ कम्पनीको मूल्य भने स्थिर रह्यो । वीन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै बुद्धभूमि हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढ्यो । पोखरा फाइनान्सको मूल्य ८ प्रतिशतले बढ्यो । गोर्खा फाइनान्सको मूल्य ४.५ प्रतिशतले घट्यो ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments