काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी ५ रुपैयाँले घटेको हो ।
बिहीबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ३१ शुक्रबार
Comments