काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ४ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ४ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ३० बिहिबार
Comments