काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १२६० रहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ चैत्र ३१ मंगलबार
Comments