काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
प्रकाशित मितिः २०७७ चैत्र ३० सोमबार
Comments