भक्तपुरलाई खुल्ला संग्रालय बनाउँछु : महेश बस्नेत

0

देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली राजनीतिमा उदाएका महेश बस्नेत अहिले प्रतिनिधि सभा सदस्य बनेका छन् । विकास, समृद्धि र जुझारु क्रियाशीलता भएका युवा नेता नवीन सोचाइ र दृढ इच्छाशक्तिका खानी बस्नेतले लोकतान्त्रीक गठबन्धनका नेता दमननाथ ढुंगानालाई पराजित गरेका छन् । २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली राजनीतिमा उदाएका बस्नेत नेपाली राजनीतिका मानक मानिन्छन । भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र नेपाली कांग्रेसको दबदबाबीच भक्तपुरको गुण्डु गाबिसका अध्यक्ष बनेका बस्नेत त्यसपछि निरन्तर राजनीतिक सर्घषमा सक्रिय रहेका छन ।
राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका साथै विकासमा उनको जागरुकता र जुझारुपन भक्तपुरका लागि मात्र होइन देशकै लागि एउटा नमुना बनाउन बस्नेतको मिहेनत उदाहरणिय मानिन्छ । विकासको ‘नमुना गाविस’ बनाएर विश्वविद्यालयका विद्यार्थीहरुको विकास अध्ययन गर्ने थलोको रुपमा आफ्नो गाविसलाई रुपान्तरण गर्न सफल बस्नेतको कार्यशैली र व्यवहार जनप्रिय रहेको छ ।
गाउँ विकास समितीको अध्यक्ष बनेको दुई वर्षमा उत्कृष्ट गाविस अध्यक्ष पुस्कार पाएका बस्नेतले कम बजेटमा उत्कृष्ट कार्यगर्ने जनप्रतिनिधीका मानक समेत हुन । उनी भन्छन ‘स्थानीय स्रोत साधन परिचालन गर्ने र कम स्रोत साधनमा धेरै काम गर्ने गाविस अध्यक्षका रुपमा मेरो पहिचान बन्यो,’ उनले भने, ‘१३ लाखमा योजना बनेको पुल हामीले ६ लाखमै बनायौं । ८ लाखको स्टमेट गरिएको हेल्थपोष्ट भवन हामीले ५ लाखमा बनाएका छौं ।
महेशकै कार्यकालमा गुन्डुले विकासमा काचुली फेरेको थियो । गाउँमा पिचबाटो, टेलिफोन, विद्युत लगातयका सुविधाहरु पु¥याउन उनको भूमिका गाविसमा स्थापित छ । काठमाडौं विश्वविद्यालय डेभलपमेण्ट शिक्षा एजुकेशन डिप्लोका विद्यार्थी, महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थी र सिटीइभिटीका तालिमहरुमा गुन्डु क्षेत्रको विकास विद्यार्थीहरुका लागि अध्ययन केन्द्र बनेको छ यहाँ ।

भक्तपुरकै मायालु महेश

भक्तपुरको गुन्डु गाविसमा २०३१ सालमा बुवा पूर्णबहादुर बस्नेत र आमा ईश्वरी बस्नेतको जेठो सन्तानका रुपमा महेशको जन्म भएको हो । हालको सुर्य सुर्यविनायक नगरपालिका वडा नं. ७ मा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका महेशका वुवा भक्तपुर औधोगिक क्षेत्रमा जागिरे थिए ।
बाल्यकालदेखि नै समाजमा हुने थिचोमिचो र अन्यायका विषयमा चिन्तित रहने बस्नेत न्याय र समानताका पक्षधर थिए । ‘सानैदेखि सत्यको पक्ष रहेर सोच्ने बानी थियो मेरो,’ उनी सम्झन्छन, ‘त्यसैले कहिलेकाही घरमा पनि विवाद हुन्थ्यो । उनी घरपरिवारकै विरुद्धमा पनि कतिपय समय अर्कोको पक्षमा उभिन्थे ।’ उनको यस्तो स्वभावले परिवारमा विवाद निम्तिए पनि उनी समाजका लागि भने प्रिय बनिरहेका हुन्थे । ‘त्यतिबेला राजनीतिप्रति मेरो खासै आकर्षण नभएको उनी बताउँछन् ।
महेश आफ्नो प्रेरणाको स्रोत परिवार नै मान्छन् । बुवाको हौसला दिने, सेल्फ डिसिजन गर्न प्रोत्साहन दिने बुवाको शैली उनलाई सबैभन्दा मन पर्छ । उनी बुवाका एक्ला छोरा हुन् भने दुई जना दिदीबहिनी छन् । २०५३ सालमा उनले अम्बिका बस्नेतसँग मागी विवाह गरेका हुन् । अहिले एक छोरा र एक छोरी छन् ।

अनियमितता बिरुद्ध बस्नेत

२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जितेपछि गाविसमा बेथितीहरु देखिन थाले । यिनै बेथितीहरुका कारण महेश कोर राजनीतितर्फ आकर्षित भएका हुन् । म कांग्रेस बन्नुपर्छ भनेर ल कलेज गएको थिए । जब ल कलेज गए, कांग्रेसका साथीहरुले हाम्रो दिमागमा जे पार्नुभएको थियो कांग्रेस र नेविसंघप्रति बितृष्णा जागृत भयो, म अखिलप्रति आर्क्र्षित भए। यही कारणले उनलाई कम्युनिष्ट बनायो ।
महेश अखिलको राजनीतिमा त उति सक्रिय भएनन् । सुरुवातीदेखि नै गाउँको कोर राजनीतिमा सरिक हुन थाले । उनी वडा कमिटीको सदस्य, वडा कमिटी उपसचिव, सचिव, गाउँ कमिटीको उपसचिव सचिव, इलाका कमिटीको सदस्य, उपसचिव, सचिव जिल्ला कमिटीको सदस्य भए ।
त्यसपछि उनको राजनीति युवासंघतर्फ मोडियो । उनी युवा संघको जिल्ला कमिटी सदस्य हुँदैं जिल्ला अध्यक्ष भए । केन्द्रीय कमिटीको सदस्य भएपछि उनी ०६३ मा अर्को कार्यकाल युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिए । वाइसिएल आतंक रहेको बेलामा उनी युथ फोर्स प्रमुख भए । त्यसपछि महेशले सर्वत्र चर्चा बटुल्न सफल भए । उनी ०६७ सालमा युवा संघको केन्द्रीय अध्यक्ष समेत चुनिए ।
०७० मा भक्तपुर क्षेत्र नं. २ मा संविधानसभा सदस्यको चुनाव लडे तर थोरै मतान्तरमा पराजित भए । उनी भक्तपुरमा आफू पराजित हुनुको कारण केन्द्रीय राजनीतिमा ब्यस्त हुनुलाई मान्छन् । ‘२०६३ सालमा युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिएपछि म राष्ट्रिय राजनीतिमा निकै ब्यस्त भए ।

सिंहदरबारमा बस्नेतको उदय

२०७१ सालको भदौमा उनी सुशील कोइरालाको क्याबिनेटमा उधोगमन्त्री भए । कम उमेरमा गाविस अध्यक्ष भएर चर्चा त उनले कान्छा मन्त्रीका रुपमा सिंहदरबार छिर्ने मौका पाए । मन्त्री पद पनि उनका लागि सप्रराइज नै थियो । पार्टीकै सहकर्मी कर्ण थापालाई फिर्ता बोलाएर महेशलाई पठाइएको थियो । त्यसैले उनलाई थापाकै कार्यकालमा भइरहेका कामलाई निरन्तरता दिनुपर्ने परिस्थिती एकातिर थियो भने अर्को्तिर बजेट आइसकेकाले केही नयाँ गर्नका लागि त्यही बजेटमा सिर्जनशीलता खोज्नुपथ्र्यो । उनले त्यही गरेका थिए ।
त्यही युवा सिर्जनाशीलताको परिणाम नै मान्नुपर्छ, महेश मन्त्री रहेको एक वर्षको अवधिलाई अहिले पनि उधोगी ब्यवसायी र कर्मचारीले राम्रो कार्यकालका रुपमा लिन्छन् । औधोगिक ऐन, विदेशी लगानी नीति, स्वदेशी वस्तु उपयोग निर्देशिका, एक प्रदेशमा एक ठूलो औधोगिक केन्द्र, प्रत्येक जिल्लामा सानो औधोगिक क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा औधोगिक ग्रामको कन्सेप्ट, जीर्ण रहेका उधोग पुन सञ्चालन, औधोगिक जनशक्ति निर्माणका अभियान मार्फत प्रत्येक निर्वाचन क्षेत्रबाट २÷२ सय युवा तयारी पार्ने कुराले महेशलाई अब्बल उधोगमन्त्रीका रुपमा स्थापित गराएको छ । यतिमात्र होइन, कतिपय मन्त्रीपरिषद्का निर्णय विरुद्ध पनि उनी फरक धारमा उभिए । जस्तो, माओवादी लडाकूलाई ४ अर्ब एक्स्टा दिने, ५ हजार पुलिसको दरबन्दी थप्ने निर्णयको उनले विरोध गरे । उनले त्यसको सट्टा औधोगिक र इन्जिनियर जनशक्ति निर्माण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने मत राखेका थिए । उधोगमन्त्रीका रुपमा उनले फष्ट डिभिजन नै ल्याए । तत्कालीन अर्थमन्त्री रामशरण महतसँग तालमेल नभएको र असहयोग गरेका कारण उनी डिस्ट्रिङसन ल्याउनबाट भने चुकेका थिए । ‘त्यो कार्यकालमा सफलै भएजस्तै लाग्छ । प्रधानमन्त्री र अर्थमन्त्री अनुकूल नहुँदा काम गर्न धेरैं गाह्रो हुने रहेछ,’ उनले अनुभव साटे, ‘अर्थमन्त्री र प्रधानमन्त्री अनुकूल हुने हो भने धेरै काम गर्न सकिन्छ ।’ उनी प्रधानमन्त्री कहाँ नयाँ—नयाँ कुरा लिएर जाने, प्रधानमन्त्री सुन्नै नरुचाउने ।

भक्तपुर समृद्धिका महेश सपना

उनी भक्तपुरका लागि केही छुट्टै र नौला विकासका काम गर्न चाहन्थे । तर, उनी परे उधोगमन्त्री । जनताको समस्या बाटो, खानेपानी, ढल लगायतका थिए । मन्त्रालय उधोग तर जनताको माग यस्तो । अब के गर्ने ? उनले नयाँ उपायहरु अवलम्ब गरे । ‘मैले यी काम अरु उपायबाट गरे । ४७ वटा सडक निर्माण भए । नियमीत बजेटलाई वृद्धि गर्ने पनि सफल भयौं । हनुमन्ते करिडोर, विष्णुमती—बागमती करिडोर बजेट पार्न सफल भयौं,’ उनले मन्त्री हुँदा पनि भक्तपुरको समृद्धिका लागि आफ्नो पहलबारे बताए ।
उनी मन्त्री हुँदा भक्तपुरमा ९ करोड जति बजेट आउथ्यो, अहिले त्यो वृद्धि भएर २० करोड आउने स्थिती बनेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत उनकै पहलमा २० गुणा बढी बजेट भक्तपुरमा जाने भएको छ । चारवटा सेटेलाइट सिटीमध्ये दुई वटा भक्तपुरमै पार्न पनि उनकै पहलमा सम्भव भयो । सुर्यविनायकमा प्राणी उद्यान केन्द्र स्थापना गर्ने, जावलाखेलको जु ल्याउने, मोहना पोखरीमा ३ अर्बको बजेट पार्न सम्मका काममा पनि महेशले आफ्नो अग्रसरता देखाए । जसलाई अहिले पनि भक्तपुरका वासिन्दाले वाहीवाही गरिरहेका छन् । मेलम्चीलाई पहिलो चरणमा पार्ने, ७ करोड लिटरको पानी टंयाकी निर्माणका लागि काम अगाडि बढाउने, वीर हस्पिटल सारेपछि भक्तपुर ल्याउने, पाँच वटा पुल बनाउने, भक्तपुरलाई सांस्कृतिक नगर बनाउने, मन्दिरहरुको पुननिर्माणका करोड रुपैया बिनियोजन गर्ने काममा पनि यी युवा नेताले प्रशस्त मेहनेत गरेको उनी बताउँछन् ।

पार्टी अध्यक्ष ‘सप्रराइज’

युवासंघको अध्यक्ष हुँदा महेशले भावि अध्यक्ष र भावि प्रधानमन्त्री केपी ओलीलाई बनाउनुपर्छ, नबनाइए एमालेमा न्याय मर्छ भन्ने धारणा राखेका थिए । यतिमात्र होइन, उनले एमालेमा ओलीका समकालीन नेता माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेकाले ओलीले त्यो अवसर पाउनुपर्ने भन्दैं अभियान नै चलाए । ‘उहाँ त्यतिबेला साह्रै अस्वस्थ पनि हुनुभयो, यति हुँदा पनि मैले स्ट्रेचरमै बोकेर भएपनि केपी ओली अध्यक्ष हो भन्ने ढंगले अभियानमा लागे, त्यसमा सफलता प्राप्त भयो,’ उनले भने ।
यो अभियानले नवौ महाधिवेशनमा सफलता हासिल ग¥यो, केपी ओली एमालेको अध्यक्ष निर्वाचित भए । तर, सेनापतिको विजय हुँदा सेनाका जवानहरु चाहिँ विरगति प्राप्त गर्नुपरेको जस्तो स्थिती बन्यो, बस्नेत स्वयंम केन्द्रीय कमिटीको सदस्यमा पराजित भए । केही समयअघि भक्तपुर—२ नं.मा उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि हार ब्यहोरेका थिए उनै नेता बस्नेतसँग कमल न्यौपानेले प्रतिनिधि सभा निर्वाचनको जितपछि गरेको काराकानी ।

 तपाई प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी हुनुभयो कस्तो लागी रहेको छ ?

म आज एकदमै खुशी छु । म भन्दा पनि मेरा समर्थक साथीहरु र भक्तपुरबासी नै एकदमै खुशी भएको पाएको छु ।

भक्तपुरमा अब तपाईका विकास योजना के के हुन ?

पहिलो कुरा त भक्तपुर आफै सम्पन्न र धनि जिल्ला हो । यहाँ धार्मिक, पर्यटन, साँस्कृतिक पर्यटन मठमन्दिरले भरिभराउ छ । जनताको इच्छा चाहाना अनुसार भक्तपुरको समग्र विकास निर्माण नै पहिलो प्राथमिता हो । यहााको शहरीकरण, बाटोघाटो, खानेपानी, विजुली, शिक्षा, स्वास्थ्य र बिशेषगरी मलम्चीको पानी पहिलो चरणमा भक्तपुरबासीलाई खुवाउनु मेरो दायित्व हो । यतिबेला निर्वाचनको जितसँगै मेरो दायित्व र जिम्मेवारी पनि बढेको छ । सबै खाले जिम्मेवारीलाई प्राथमिताका आधारमा मैले भक्तपुरको समग्र विकासमा जनताको सहयोगमै पुरा गर्ने हो । भक्तपुरलाई स्मार्ट सिटछी बनाउँनेदेखि खुल्ला संग्राहलयमा परिणत गर्ने र सुर्यविनायक जंगललाई अन्तराष्टियस्तरको चिडियाघरका रुपमा विकास गनुपर्छ भन्ने हो । देशमा अहिले राजय पुनसंरचना भइसकेपनि प्रशासनिक तथा अन्य क्षेत्रको पुनसंरचना बाँकी नै छ त्यसतर्फ पनि मेरो उत्तिकै मेहनत रहनेछ ।

वेरोजगार युवाका बिषयमा तपाईका योजना के हुन ?

देशमा लाखौं युवा वेरोजगार छन् । रोजगारीका लागी युवाहरु जन्मभूमि छोडेर बिदेशीन बाध्य छन् । उनीहरुलाई बिदेशीनबाट रोक्नका लागी सरकारले सबै भन्दा पहिला उद्योगधन्दाको स्थापना प्रत्येक प्रदशे र जिल्ला तहमा गर्नु नैपर्छ । यसमा पनि बिशेष गरी कृषि उद्योगको स्थापना गरी आम युवालाई कृषिमा समाहित बनाउने र उनीहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्ने बिदेश जानबाट रोक्ने नै युवाका लागी मेरो पहिलो प्राथमिता हो ।

विपक्षीको मत एमालेमा धेरै आयो भन्ने छ यसमा जाँदु के थियो ?

प्रतिनिधि सभाको निर्वाचन भएको हुनाले सहि व्यक्ति र उम्मेदवार छनोट गर्न सक्नु यसको एउटा महत्वपूर्ण पाटो हो । आफना असहमत भएका व्यक्तिहरुलाई सम्झाउन सक्नु अर्को महत्वपूर्ण पाटो हो । फरक आस्था राख्ने प्रतिस्पर्धी दलका साथीहरुको दलको मत आकर्षण गर्नसक्नु पनि अर्को पक्ष हो । यसरी हेर्दा हामीप्रतिको आकर्षण न्युटल मतदाताको मात्रै होइन अन्य पार्टीका नेता कार्यकर्ताको पनि प्रशस्तै देखिन्छ । राप्रपाको जिल्ला उपाध्यक्ष, कोषाध्यक्ष लगायत बहुमत टीम एमाले प्रवेश गरिसकेको थियो । काँग्रेस र नेमकिपाका धेरै साथीहरु एमालेमा प्रवेश गरिसक्नु भएको थियो । ३ बर्षको बिचमा हामीले हाम्रो संगठित सदस्य ३ गुना बढाईसकेका थियो । यी सबै कुरा हामीले चर्चामा नल्याएर गरेका थियौ । कारण प्रतिस्पधीहरु चनाखो भएर रोक्ने र थप सक्रिय हुने कुरा नगरुन भन्ने हाम्रो चाहना थियो । वास्तवमा यसपालि स्थानीय हतदेखि प्रदशे र प्रतिनिधि सभासम्म साईलेन्स डेप्लोमेशीले नै भक्तपुरमा काम ग¥यो ।
सभ्य भाषामा भन्दा महेश विद्रोही र अन्तरमुखी व्यक्ति हो भन्ने आरोप पनि छ महेशको वास्तविक रुप के हो ?
यो आरोप चाँही मैले जतिखेर युथ फोर्स र युवा संघको जिम्मा लिए त्यो समयमा मेरै पार्टी भित्रका मेरो मिशनमा असहमति राख्ने कतिपय नेताहरुले लगाएको आरोप हो । न मेरो स्वभाव बिद्रोही छ न त अन्तरमुखी । सामान्यतया मेरो स्वभाव भनेको जनसेवी, सरल र सहज ढंगले साथीभाईसँग घुल्मुल गर्न सक्ने समस्याका महल उठाउने होईन समाधानका विकल्प दिनसक्ने व्यक्तिका रुपमा साथीहरुले मुल्यांकन गर्नुपर्छ जस्तो लाग्छ । मेरो व्यक्तिगत जीवनसरल, पारदर्शी, कुनै महत्वकाक्षां नभएको मिलनसार नै छ । जो नयाँ साथीले मसँग संगत गर्नु हुन्छ तपाईको बारेमा हामीले केके सुनेका थियौ । वास्तवमा हामी भ्रममा रहेछौ भन्नुहुन्छ । पछिल्लो बेला मेरो बारेमा विगतमा नकरात्मक टिप्पणी गर्ने मिडियाले पनि सकारात्मक टिप्पणी गर्न थालेको देख्छु । यसमा मेरो स्वभाव बदलिएको होईन मलाई हेर्ने साथीहरुको दृष्टिकोण बदलिएको हो भन्ने लाग्छ ।

केपी ओलीसँगको तपाईले राजनीतिक उचाई हासिल गर्नु भयो भन्ने कुरामा कतिको सत्यता छ ?

म कुनै ठूलो खान्दानी परिवारबाट राजनीतिमा आएको व्यक्ति होईन । म श्रमजीवी किसान परिवारबाट राजनीतिमा आएको व्यक्ति हुँ । मेरो राजनीतिक जीवनमा नेताको आर्शिवाद भन्दा मेरो कर्म र परिश्रमले नै बढी प्रभाव पारेको छ । जहाँसम्म पार्टी अध्यक्ष ओलीसँगको मेरो सम्बन्ध छ केपी ओली भनेका वर्तमान राजनीतिक बृत्तमा एउटा चम्किला तारा हुन भन्ने कुरा केपी ओली कुनै पावरमा नहुँदा र स्वयम, एमालेभित्र उनलाई अनेक खालका लालचना लगाएर कमजोर बनाएको बेला हामी केही युवा साथीहरुले यो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री एक पटक केपी ओलीलाई बनाउनुपर्छ भनेर लाग्यौ । त्यो लागे बाफत झण्डै कारवाहीको शिकार हुन लागेको एउटा पात्र म पनि हुँ । आज केपी ओली जुन स्थानमा पुग्नु भो, त्यो स्थान बन्ला र त्यसबाट लाभ लिउँला भनेर हामीले उहाँलाई साथ दिएको होईन । हिजो अप्ठारो बेलामा हामीले उहाँलाई साथ दिएको हुनाले उहाँसँगको सम्बन्ध पारीवारीक खालको रहयो । म जब पार्टी केन्द्रीय सदस्यको निर्वाचन र संविधान सभाको निर्वाचनमा पराजित भएको थिए त्यतिखेर म मा निराशा नआहोस भनेर उहाँ निकै चिन्तीत भएको मैले पाँए । जसको कारण उहाँले मलाई म भन्दा धेरै सिनियर साथीहरुलाई टपेर मलाई मन्त्री बनाईदिनु भो । यो मेरो राजनीतिक जीवनको निकै नै महत्वपूर्ण क्षण थियो । महेश बस्नेतको जनाधार छैन केपी ओलीको आर्शिवादले नेता बन्यो भनिरहेको बेला भक्तपुरमा अहिले भएकोे चुनावलाई बामगठबन्धनको पक्षमा ल्याएर त्यो आरोप खण्डन भएको छ । त्यसो भएको हुनाले केपी ओली प्रधानमन्त्री भएको त्यो क्षणलाई मैले मेरो कुनै व्यक्तिगत लाभमा परिणत गर्न चाहेन् । प्रयोग गरे त केबल भक्तपुरको जनताको हितमा प्रयोग गरे । केपी ओलीले महेश बस्नेतलाई माया गर्छन त्यो सत्य हो, तर त्यो महेश बस्नेत जसले इमान्दारीताका साथ दिएको जिम्मेवारी पुरा गर्छ र जनसेवामा समर्पित भएर लाग्छ । यस मानेमा केपी ओलीको माया पाउने मेरो अधिकार पनि हो ।

तपाईले ‘म महेश’ भन्ने आत्मबृत्तान्त लेखनमा अलि हतार गरेको जस्तो लाग्दैन ?

मेरो राजनीतिक जीवन निकै आरोह अवरोह पूर्ण छ । मेरा जिम्मेवारी पनि बिल्कुल फरक फरक खालका मैले पुरा गरे । बिशेष गरी युथ फोर्स र युवा संघको जिम्मा लिईरहेको बेला मेरो राजनीतिक जीवनमा र व्यक्तिगत जीवनमा पनि अनेक खालका भ्रम पूर्ण टिकाटिप्पणीहरु समाचारहरु बने । जसको बारेमा स्पष्टिकरण दिनुपर्ने अबस्था थियो । मेरो पुस्ता जसले पञ्चायतको अन्तिम क्षण पनि देख्यो असफल बहुदलिय व्यवस्था पनि देख्यो १० बर्षे माओवादी युद्ध पनि देख्यो, दरबार हत्याकाण्ड र शाही शासन पनि देख्यो अनि विश्वकै एतिहासिक १९ दिने जनआन्दोलन पनि देख्यो । हाम्रो राजनीतिक जीवन युद्ध, संघर्ष र आन्दोलन मै वित्यो । नयाँ शान्त, र समृद्ध नेपाल निर्माण गर्ने अभिभारा अबको राजनीतिमा आईरहेको बेला म र मेरो पुस्ताको त्यो संघर्षको गाथा धेरै नयाँ साथीहरुका लागि प्रेरक हुन सक्छ भनेर सामान्यतया जीवनको उत्तरार्धमा लेखिने आत्मबृत्तान्तलाई मैले युवा उमेरमा नै लेखे । मुलुकको र म स्वयमंको कार्यभार हकअधिकार प्राप्तीको संघर्ष गर्ने चरणबाट जनताको सुख शान्ति र समृद्धितर्फ अगाडी बढेको भन्ने निष्कर्षका साथ त्यो कतिाब मैले लेखेको हुँ । अब मैले लेख्ने दोस्रो खण्डको किताबमा सुख, शान्ती र समृद्धि प्राप्तीमा हामीले खेलको भूमिकाको चर्चा हुनेछ ।

अन्त्यमा ?

भक्तपुर बासीले जसरी गएको स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरी जिताउनु भएको थियो । अहिले भएको प्रदेश तथा प्रतिनिधि सभा क्षेत्र २ मा पनि यस क्षेत्रका नागरिकले एमाले अर्थात बाम गठबन्धनलाई उत्तिकै माया गरि मतदान गरिदिनु भयो । भक्तपुरका सबै मतदातालाई धन्यवाद दिन्छु । आगामी दिनमा पनि जिल्लाको समग्र विकास निर्माण यसरी नै सबै मतदाता आम नागरिकहरुको सहयोग साथ र सुझाव पाईराखन्े विश्वास गरेको छु । तपाई हामी सबै मिलेर भक्तपुरको विकास गर्ने हो आउनुहोस् हातेमलो गरौं भक्तपुरको समग्र विकासमा जुटौं ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション