मध्यपुर थिमिलाई देशकै नमूना नगरका रुपमा विकास गर्छु : नगरप्रमुख श्रेष्ठ

0

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा युवा नेता मदनसुन्दर श्रेष्ठ विजयी भएका छन् । उनको जीतसँगै मध्यपुरका नागरिकले यहाँको समग्र विकास र समृद्धिमा ठूलै अपेक्षा पनि गरेका छन् । मध्यपुर थिमिका नागरिकबिच समाजसेवीको पहिचान बनाएका नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले पनि जनअपेक्षा र चाहना अनुसार नै मध्यपुर थिमिको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउँदै यस्तै खालका योजना निर्माण गरिरहेका छन् । उनै युवा नेता तथा मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख श्रेष्ठसँग भक्तपुरन्यूज डटकमका लागि पत्रकार कमल न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप :-
मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभयो ? कस्तो लागेको छ ।
– राजनीतिकमा लामो त्याग र मेहेनत तथा राजनीतिक प्रतिको लागामका कारण आज यो स्थानमा पुगेको छु । एकदमै खुशीसँगै आफूमा ठूलै जिम्मेवारी थपिएको महशुस भैरहेको छ । जनताको मन जितेर, जनताकै सेवामा समर्पित हुनका लागि म नगरपालिकाको नगरप्रमुखमा विजयी भएको हुँ । मलाई जनताले विश्वास गरेर यहाँसम्म पु¥याउनु भयो । आगामी पाँच वर्ष भित्र मध्यपुरथिमि नगरलाई सफा, सुन्दर र स्वच्छ तथा साँस्कृतिक नगर बनाउने योजना रहेको छ ।
नगर प्रमुख भएपछि सबैभन्दा पहिलो काम के गर्नुभयो ?
– नगर प्रमुख भएपछि सबभन्दा पहिलो काम खानेपानी र सरसफाईको समस्यालाई पहिलो चरणमा समाधान गर्ने काम सुरु भईसकेको छ । मध्यपुर थिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पु¥याउने निर्णय गरेको छ । सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा भत्ता नपर्ने पाइएकाले यस्तो निर्णय गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका बैंकसँग नगरपालिकाले छलफल गरिसकेको छ । बैंकका कर्मचारीले नै घर घरमा भत्ता पु¥याउने गरी काम अगाडि बढिसकेको छ । नगरपालिकाको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या हल गर्दै आगामी छ महिनाभित्र सुलभ रुपमा पानी वितरण गर्ने निर्णय पनि भएको छ ।
मध्यपुर थिमि नगरपालिका क्षेत्रको समग्र विकासका लागि तपाईका योजना के के छन् ?
– मध्यपुर थिमि नगरपालिका आफै योजनाबद्ध नगरपालिका हो । बिशेषगरी यस नगरभित्र विगतदेखि देखिएको फोहोर व्यवस्थापन, खानेपानी समस्या समाधानका लागि पहल शुरु गरेको छु । यहाँको फोहोर व्यवस्थापन, हनुमन्ते र मनोहरा खोलाको सुधार, ढल निकासको व्यवस्थापन तथा बजारलाई सफा सुन्दर र हराभरा बनाउने नै पहिलो योजना रहेको छ । अरु त जनताको माग, चाहना र पार्टीको घोषणापत्रमा उल्लेख गरिए अनुसार नै अघि बढ्ने हो । मध्यपुर थिमिको पुरानो बस्तीमा खानेपानी, ढल, टेलिफोन, सडकको पहुँच पु¥याएर बस्तीको विकास गर्ने योजना बनाएको छु ।
नगरको विकासका लागि मध्यपुरथिमिलाई वरिपरिबाट घेरेको हनुमन्ते र मनोहरा खोला किनारमा हनुमन्ते, मनोहरा करिडोर निर्माण गर्दै बाहिरी रिङरोड बनाउने र नगरको भित्री भाग जस्तै बोडे, नगदेश, बालकुमारी लगायतका पुराना बस्तीमा जानका लागि भित्री रिङरोड बनाईने छ । यहाँ आएका बिरामीको सबै उपचार यहीँबाट हुने व्यवस्था गरिने, नर्सिङ कलेज सञ्चालन गरिने नगरपालिकाले नै कलेज तथा इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यस्तै मध्यपुर थिमि क्षेत्रलाई शैक्षिक केन्द्र बनाइने, मन्टेस्वरीदेखि उच्च शिक्षासम्म अध्ययन गर्ने विद्यालय पनि नगरपालिकाले सञ्चालन गर्ने, सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका कार्यक्रम ल्याउने र निजी विद्यालयले सरकारी विद्यालयलाई सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी गरिएको छ । यहाँका खेलकुदसम्बन्धी क्लबलाई सहयोग गरिने, तालिका बनाएर नगरपालिकाकै बजेटमा प्रत्येक महिना खेलकुद प्रतियोगिता गरिने, मध्यपुर थिमिबाट उत्कृष्ट भएका खेलाडीलाई एक वर्षसम्म भत्ताको व्यवस्था गरिने छ । खेल मैदान र सभागृहसमेत निर्माण गरिने छ । सुरक्षित नगरका लागि सिसी क्यामेरा एवम् नगर प्रहरीको दरबन्दी व्यवस्था मिलाएर नगर प्रहरी पनि परिचालन गरिने छ ।
कृषिमा आधुनिकीकरण भित्र्याइने, कृषि क्षेत्रमा भूउपयोग नीति बनाएर कृषि क्षेत्र घोषणा गरिने, नमुना कृषि एवम् तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने, सिँचाइको व्यवस्था मिलाइने कम्पोस्ट मल उत्पादनलाई प्रोत्साहन गरिने, कृषिको बजार व्यवस्थापन गरिने र मध्यपुर थिमिमै कृषिको बजार निर्माण गर्नेसम्मका योजना अगाडि सारिएको छ ।
भूकम्पका कारण थुप्रै संरचना ध्वस्त भए पुनर्निर्माणको बिषयमा के सोच्नु भएको छ ?
– हो केही बर्षअघि आएको भूकम्पले मध्यपुर थिमि क्षेत्रका स्थानीय पनि पीडित बनेका छन् । यहाँका धार्मिक, पर्यटकिय र साँस्कृतिक भौतिक संरचना पनि ध्वस्त भएका छन् । भूकम्पपीडितका समस्या समाधानका साथै ध्वस्त भएका संरचनाको पुनः निर्माण, मर्मत, सम्भार लगायतका कामहरु शुरु प्राथमिकताका अघि बढाउने योजना रहेको छ । यस बिषयमा नगरपालिकाको बोर्डमा समेत छलफल भैरहेको छ । भूकम्पले भत्काएको संरचनाहरु पुनर्निर्माणका लागि नगरपालिकाका सक्रिय रुपमा लागिपर्छ । पुरातत्व विभाग र सरोकारवालाहरुसँग छलफल गरी पुननिर्माणलाई तिब्रता दिने सम्पूर्ण तयारी भैरहेको छ । साथै भूकम्पपीडित नगरबासीका लागि सुहाउँदो सहयोगका योजना ल्याउने तयारी गरी रहेको जानकारी गराउँदछु । मध्यपुरथिमिमा लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माणका लागि स्वीकृति प्रदान गर्ने तथा भूकम्पपीडितको घर निर्माणमा नक्सा पास निःशुल्क गरिने निर्णय गरिएको छ ।
अहिले मध्यपुर थिमि नगरमा के कस्ता समस्या देख्नु हुन्छ ?
– जिल्लाका अन्य नगरपालिकाको तुलनामा यो नगरपालिका दोस्रो पुरानो नगरपालिका भएकै कारण पनि यो नगर केही सम्पन्न छ । तर पनि यहाँ अहिले थुप्रै खालका समस्या देखिएका छन् । जस्तो कि मध्यपुर थिमि नगरपालिकामा सबैभन्दा ठूलो समस्या भनेकै हनुमन्ते र मनोहराखोलाको फोहोर व्यवस्थापन हो । यसको सुधारका लागि पहल शुरु भैसकेको छ । यहाँ बजार क्षेत्रमा बिशेषतः पार्किङको समस्या पनि छ । ढल निकासको समस्या पनि उत्तिकै देखिन्छ । बजारको फुटफाट व्यवस्थापन, भित्री बजारका सडक साँघुरा छन् । यी यावत समस्या देखिएकोले प्राथमिकता र समस्या पहिचानको आधारमा विस्तारै समाधान खोज्दै जाने योजना बनाईएको छ । आशा गरौं, ५ बर्षे अवधिमा मध्यपुर थिमि जिल्लाकै नमूना मात्रै नभई दशेकै नमूना र सुन्दर नगरपालिकाका रुपमा परिचित हुनेछ ।
मध्यपुर, शैक्षिक, प्रशासनिक र खेलकुदका हबका रुपमा पनि चिनिन्छ । यसमा थप विकास योजना केही छन् ?
जसरी जिल्लाको पुरानो नगरपालिका भक्तपुर नगरमा जन्मेका यहाँका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यबस्थापन भई सकेको छ । मध्यपुरमा पनि हामीले शैक्षिक क्षेत्रमा यसरी नै फड्को मार्ने योजना बनाएका छौ । नगरपालिकाको पहल र विभिन्न दातृ निकायको सहयोगमा मध्यपुर थिमिलाई सुविधा सम्पन्न र गुणस्तरी शैक्षिक हबका रुपमा स्थापना गर्ने योजना रहेको छ । मध्यपुरमै स्वास्थयको क्षेत्रमा पनि हामीले योजना बनाएका छौ । यहाँ अहिले थुप्रै निजी तथा सामुदायिक अस्पताल रहेपनि मध्यपुर थिमिमै मेडिकल कलेजको स्थापना, साुमदायिक अस्पताल कोरिया नेपाल मैत्री अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्दै लैजाने र यसै अस्पतालमा बिशेषत्र चिकित्सकहरुबाट सेवा सुविधा उपलब्ध गराउने योजना रहेको छ । त्यस्तै, पर्यटकीय क्षेत्रमा पनि मध्यपुर उत्तिकै सम्भावना बोकेको क्षेत्र हो । भक्तपुरमा आउने पर्यटकहरुको प्रवशेद्धाराका रुपमा मध्यपुर थिमि रहेको कारण पनि यहाँको कला संस्कृति र सम्पदाको जगर्नेना, मर्मत, सम्भार, प्रबर्दन तथा संरक्षणको काममा तीब्रता दिईनेछ । यस्तै विभिन्न रोजगारी दिने योजनाहरु रहेका छन् ।
मध्यपुर आफैमा साँस्कृतिक सहर पनि हो ? यहाँको सस्कृति जर्गेनामा तपाईका योजना कस्ता छन् ?
– मध्यपुर थिमि नगरपालिकालाई पूर्ण सांस्कृतिक सहर निर्माण गर्ने योजना यस अघि नै अघि बढाईएको हो । मध्यपुर थिमि सांस्कृतिक सहर भएको र कतिपय सांस्कृतिक सम्पदा भूकम्पले क्षति पु¥याएकाले अबको पाँच वर्षमा नगरपालिकालाई पूर्ण सांस्कृतिक नगरका रूपमा विकास गरिनेछ । यसका लागि थप रणनीतिक तयार हुँदै छ ।
थिमिका प्रत्येक चोकमा कुनै न कुनै प्रकारका सम्पदा छन, तिनै सम्पदालाई व्यवस्थित गर्ने हो भने सोही सम्पदा हेर्न पर्यटक यहाँ आउने भएकाले आफूहरूको प्रमुख कार्यसूची नै मध्यपुर थिमिलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने रहेको छ । थिमिमा भएका असङ्ख्य संस्कृति, चाडपर्व, सम्पदालाई मात्र जोगाउने हो भने नगरपालिकाको मुहार परिवर्तन गर्न समय नलाग्ने भएकाले यसतर्फ नवनिर्वाचित जनप्रतिनिधीको प्राथमिकता हुन्छ ।
मध्यपुर थिमि नगरपालिकामा तपाई अल्पमतमा हुनुहुन्छ, काम गर्न अप्ठारो होला नि ?
– हो स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा म अल्पमतमा देखिएको छु । तर यहाँको समग्र विकासका लागि म बहुमतमा छु । किनकी मध्यपुर थिमिका आम नागरिक विकासको पखाईमा छन म विकासप्रेमी छु त्यसैले पनि नगरपालिको विकास निर्माणका काम गर्दा मलाई समस्या हुँदैन् । फेरी नवनिर्वाचित पदाधिकारीहरु जो जुन दलबाट विजयी भएपनि मध्यपुरकै विकास र हितका पक्षमा काम गर्नका लागि विजयी हुनु भएको छ । यसकारण पनि अल्पमत र बहुमतको कुरा विकास निर्माणको काम गर्ने अर्थात मध्यपुर थिमिको समृद्धिका लागि आवाज उठाउने कुरामा नआउला । आशा छ नगरका पदाधिकारी र आम नगरबासीले मध्यपुर थिमिको समृद्धिमा मैले चालेका हरेक राम्रा पक्षमा साथ र सहयोग गर्नेछन् ।
अन्त्यमा केही भन्नु छ ?
– सर्वप्रथम त भक्तपुर न्यूज डट कमलाई धन्यवाद दिन्छु । यसै साथ स्थानीय तहको निर्वाचनमा मलाई र मेरो टीमलाई उत्साहजनक मत दिएर मध्यपुर थिमि नगरपालिकाको मेयर लगायतका पदमा जिताउँनु हुने आम नगरबासीप्रति आभार व्यक्त गर्दछु । आगामी दिनमा जनताकै सेवा गर्ने क्रममा कहीकतै समस्या उत्पन्न भएमा पनि तपाईहरुको साथ सहयोग सल्लाह सुझावको अपेक्षा पनि गरेको छु । मध्यपुर थिमिलाई देशकै नमूना नगरका रुपमा विकास गर्ने अभियानमा सबैको साथ सहयोग रहनेछ भन्ने आशा पनि गरेको छु ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション