काठमाडौं । नुन मानव जीवनको लागी महत्त्वपूर्ण छ, यो मानव स्वादहरू मध्येको एक हो । एक अध्यनअनुसार एक वयस्क व्यक्तिले २००० मिलिग्राम भन्दा कम नुन सेवन गर्नुपर्छ, जुन ५ ग्राम नुन प्रतिदिन बराबर हो ।
हाम्रो शरीरमा नुनको मात्रा बढी भयो भने कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । कतिपयले नुन पुगेको भन्दै खानेकुरामा माथिबाट नुन छर्केर खाने गर्छन् । यसो गर्नु भनेको आफ्नो स्वास्थ्यका लागि खतरा निम्त्याउनु हो ।
हामीले अधिक मात्रामा नुन खाएमा हाम्रो शरीरमा पानीको कमी भएर डीहाइड्रेसन हुने, निश्चित अंगमा पानी जम्मा हुने तथा शरीर सुन्निने जस्ता समस्याहरु देखा पर्न थल्छान् । यसैगरी नुनको बढी सेवन गरेमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ ।
त्यसैले हामीले सकेसम्म खानामा नुनको मात्रा कम गर्नु पर्छ । घरमै बनाएको खाना खानुपर्छ र नुनको मात्रा अधिक हुने फास्टफुड र जंकफुड जस्ता खाद्य पदार्थबाट टाढा नै रहन पर्छ । यसका साथै नुन खाने बानी छुटाउने धनियाँ, खुसार्नी, जाइफल तथा अदुवालाई खानामा समावेश गर्नु पर्छ ।
प्रकाशित मितिः २०७६ जेठ ४ शनिबार
Comments