अमेजनले क्लाउडमा आधारित गेमिङ सेवा लुनाको घोषणा

0

काठमाडौं । अनलाइन सपिङमा लोकप्रिय कम्पनी अमेजनले क्लाउडमा आधारित गेमिङ सेवा लुनाको घोषणा गरेको छ । अहिलेको समयमा गेम स्ट्रीमिङ् एकदमै चर्चित बन्दै गइरहेको छ । त्यही दौडमा अब अमेजन पनि सहभागी भएको हो ।

क्लाउड गेमिङ् सर्भिस भएकाले यो आफ्नै अमेजन वेब सर्भिस (एडब्लुएस) सर्भरमा काम गर्ने गर्दछ । त्यसपछि हाम्रो डिभाइसमा स्ट्रीम हुने गर्दछ । यसले दुई ओटा सब्सक्रिप्सन प्याक दिने जनाएको छ ।

यसमा भएको सबै गेमहरुको लिस्ट भने अहिले सम्म आइसकेको छैन तर यसमा कन्ट्रोल, रेसिडेन्ट एभिल भिआईआईः बायोहेजार्ड, सोनिक म्यानिया र ब्लडस्टेन्डः रिचुअल अफ द नाइट जस्ता गेमहरु रहेका छन् ।

यो पीसी, म्याक, आइओएस डिभाइस र फायर टीभी डिभाइसमा चल्ने गर्दछ । सब्सक्राइबरहरुले लुनालाई ब्लुटुथ प्रयोग गरेर पनि चलाउन सक्छन् ।

तर अमेजनले पनि ४९.९९ अमेरिकी डलरमा लुना कन्ट्रोलर निकालेको छ । वाईफाईको जडानले लुना कन्ट्रोलर चलाउन अझै सजिलो हुन्छ । यो चाँडै नै ग्राहकको माझमा आउने बताइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असोज १४ बुधबार

Comments

comments

Share.
Loading...

Comments