थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त

0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ८ हजार ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ सय ३७ जना क्वारेन्टाइनमा छन्। नेपालमा १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments