हत्या गरी शव बेपत्ता बनाउने २ जना एक वर्षपछि पक्राउ

0

नवलपुर । हत्या गरेको १ वर्षपछि श्रीमतीसहित दुई जनालाई पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। २०७६ असार २० गते गैंडाकोट नगरपालिका–१८ हुर्चिल बस्ने ४२ वर्षीय धनबहादुर सुगुरपाक मगरलाई ३८ वर्षीया श्रीमती फुलमाया र सोही ठाउँका ४० वर्षीय मेखबहादुर सुनारीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले बताए।

मृतक धनबहादुर हराएको भनी गत भदौ २९ गते निवदेन परेपछि खोजतलासका क्रममा उनको शव स्थानीय सुन्दरी सामुदायिक वनमा गाडेको अवस्थामा कंकाल फेला परेको खाँडले बताए। सोधपुछका क्रममा उनीहरुले मिलेर एक वर्षअघि हत्या गरेको खुलेको हो। हत्या अभियोगमा पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments