अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहयोग गर्ने

0

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले बिरामी परी समस्या परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने भएको छ ।

पहिलो र दोस्रो चरणमा खाद्यान्न समस्यामा रहेका नेपालीलाई मलेसियाभर खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको एनआरएनए मलेसियाले पछिल्लो समय चार्टर फ्लाइट सुचारु भए पश्चात समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न लागेको हो ।

स्वदेश फर्कने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका र आर्थिक अवस्थामा कमजोर भएका तथा विभिन्न कारणले बिरामी, अशक्त तथा अपाङ्ग भएकालाई एनआरएनए मलेसियाले स्वदेश फिर्ता हुने हवाई टिकटका साथै अन्य आवश्यक सहयोग गर्ने एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । उनले मंगलबार जोहोरबारुमा हल्दिबारी ३ झापा घर एक बिमारी अशोक पौडेलको मृत्‍यु हुन पुगेको भट्टराईले जानकारी दिए ।

उनले छिट्टै राजदूतावाससँगको समन्वयमा हस्पिटलमा बिरामी परी खर्च अभाव झेलिरहेकाको उद्धार तथा विविध कारणले मृत्यु भएका नेपालीको शव दाहसंस्कारको लागि फिर्ता गराउन समेत एनआरएनए मलेसियाले सहयोग गर्ने बताए ।

प्रकाशित मितिः२०७७ असार १७ बुधबार

Comments

comments

Share.
Loading...

Comments