देशभर धेरै स्थानहरूमा भारी वर्षा हुने, बाढी र पहिरोको समेत जोखिम

0

काठमाडौैं । आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एकरदुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ।

यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भोलि, १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै पर्सि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

प्रकाशित मितिः २०७७ असार १६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments