हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध

0

काठमाडौं । मलेरियाको उपचारमा प्रयोग हुँदै आएको हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।

कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले कोरोनाको उपचारमा प्रयोग गरिदै आएको उक्त औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

डब्ल्युएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो । डब्ल्युएचओले यो औषधि प्रयोग गर्दाको नतिजा विश्लेषण गर्ने निर्णय पनि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न प्रेरित गरिरहँदा डब्ल्युएचओले उक्त औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको हो । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments