मृत्यु भएको नौ दिनपछि पोजेटिभ पुष्टि, नेपालमा मृतकको संख्या चार पुग्यो

0

वीरगञ्ज । बाराका एक व्यक्तिको मृत्यु भएको नौ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बाराको कलैया–७ का चौधरी थरका व्यक्ति सिकिस्त बिरामी परेपछि जेठ २ गते वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखिएका उनको जेठ ४ गते निधन भएको हो ।

अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो। तर त्यसको रिपोर्ट १० दिनपछि सोमबार आएको हो।

नेशनल मेडिकल कलेजका अनुसार अस्पतलामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर पठाएको र रिपोर्ट नआउँदै जेठ ४ गते निधन भएको थियो । शव परिवारको जिम्मा समेत लगाएको अस्पतालले जनाएको छ ।  मृतकको रिपोर्ट पोजेटिभए आएको बताइएको छ । स्वाब संकलन भएको लामो समयसम्म रिपोर्ट नआउँदा संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।

प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार

Comments

comments

Share.
Loading...

Comments