सालकमा कोरोनासँग मेल खाने भाइरस भेटिएको पुष्टि

0

काठमाडौं । चीनमा तस्करी गरेर ल्याइएको सालकमा यस्तो भाइरस भेटिएको पुष्टि भएको छ जो सम्पूर्ण रुपमा कोरोना भाइरससँग मेल खान्छ । एक अन्तर्राष्ट्रिय टीमको भनाई छ कि भविष्यमा यस किसिमको संक्रमण हटाउनु छ भने जंगली जीव जनावरको बजारमा बिक्री पूर्ण रुपमा रोक लगाउन आवश्यक छ।

सालक स्तनधारी जीव हो जसको मासु खाना र पारम्परिक औषधिको रुपमा प्रयोग हुन्छ । यो अधिक तस्करी हुने मध्येको एक जीव हो । चमेरोलाई कोरोना भाइरसको मूल श्रोत रहेको दाबी गरिएको थियो ।

नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ कि यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ ।’

अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने सालकमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ किनभने कोरोना भाइरस जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ ।

यो जीवको छाला एशियामा पारम्परिक चिनियाँ औषधी बनाउन विशेष माग हुन्छ । सालकको मासु निकै स्वादिष्ट मानिन्छ । एजेन्सी

प्रकाशित मितिः२०७६ चैत्र १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments