सेलपे सेवामा रकम स्थानान्तरण निःशूल्क

0

काठमाडौं । सेलपे सेवामा रकम स्थानान्तरण निःशूल्क भइरहेको छ । चैत ९ देखि शुरु भएको निःशूल्क सेवा वैशाख १८ गतेसम्म उपलब्ध हुने बताइएको छ।

हाल विश्वभरी फैलिदै‌ गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्न सेलपेका ग्राहकले सेलपे एपबाट आफ्नो घरबाटै रकम स्थानान्तरण गर्नसक्ने व्यवस्था मिलाइएको हो।

सेलपेबाट दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण गर्न सकिन्छ। साथै स्वदेशभित्र गरिने मनी ट्रान्सफर पनि गर्न सकिन्छ।

प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार

Comments

comments

Share.
Loading...

Comments