काठमाडौँ । आज मौसम आशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी र मध्य भूभागमा आज पनि आंशिक देखि सामान्य बदली भई पूर्वि भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको ।
सामान्यत देशभरी नै आंशिक देखि सामान्य बदली रही पूर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रकाशित मितिः २०७६ असोज २३ बिहिबार
Comments