काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा नगर प्रहरीले पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको हो ।
‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारवाही गरेको र यस्ता दैनिक ५० भन्दा सवारी कारवाहीमा पर्ने गरेको नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेनाले बताए ।
यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर रु एक हजार जरिवना गर्दै चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु ९७ लाख २५ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments