पाँचथर । पाँचथरको मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी ले गर्ने भएको छ ।
हत्या प्रकरण रहस्मय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।
पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थल तर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमबार राति २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको थियो । अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।
घटनामा १ किशोरीले भने भागेर ज्यान जोगाएकी छन् ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments