बनेपामा तरकारी बोक्ने गाडी पल्टिँदा एकको मृत्यु

0

बनेपा, ११ असार । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एक जनाको मुत्यु भएको छ ।

रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा २ ख ३४१२ नम्बरको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीले जानकारी दिएका छन् ।

सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

Comments

comments

Share.
Loading...

Comments