पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५७ हजार ३२१ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ५ सय ८० जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५९ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा र ५ सय २१ एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ४१ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । आज थप १५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९१ हजार २३२ पुगेको छ ।

प्रकाशित मितिः २०८० जेठ ११ बिहिबार

Comments

comments

Share.
Loading...

Comments