धुम्बाराहीमा ८ वटा सवारीसाधन एकआपसमा ठोकिँदा ९ जना घाइते

0

काठमाडौं ।  काठमाडौंको धुम्बाराहीमा रहेको चप्पल कारखाना चोकमा आठ वटा सवारीसाधन एकआपसमा ठोक्किएपछि नौ घाइते भएका छन्। दुर्घटनामा परि नौ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन् ।

बिहीबार दिउँसो एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुई वटा चार पाङ्ग्रे गाडी, तीन वटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने एक जनालाई शिक्षण अस्पताल महाराजगञ्ज र अरू आठ जनालाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने भ्यानका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments