भक्तपुरबाट दुई भारतीयसहित १६ जुवाडे पक्राउ

0

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्।

उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढीका ३९ वर्षीय दिलिप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०९ विहीबार

Comments

comments

Share.
Loading...

Comments