काठमाडौंमा दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन सुरु

0

काठमाडौं । नेपालमा दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन सुरु भएको छ । शुक्रबारदेखि शनिबारसम्म हुने काठमाडौँको ह्यात रिजेन्सी होटलमा साफिसको पहलमा डिन,आइएस्सइ र इस्मोनको संयुक्त आयोजनामा दुई दिने कार्यक्रम सुरु भएको हो । सम्मेलनमा श्रीलंका, बंगलादेश, भारत, माल्दिभ्स र अफगानिस्तान लगायतका प्रतिनिधिहरू पनि सहभागी छन् ।

सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धित रोगहरूको बारेमा कार्यपत्र पेश हुने आयोजकले जानकारी दिएका छन् । सम्मेलनमा साफिस अन्तर्गत रहेका विभिन्न मुलुकका विज्ञहरूद्वारा दक्षिण एसियाली स्तरीय अनुसन्धान गरी मोटोपना सम्बन्धी जनचेतना जगाउनलाई काठमाडौँ घोषणापत्र समेत सार्वजनिक हुनेछ ।

सम्मेलनको उद्घाटन समारोहमा सिफानकी अध्यक्ष डा. टीना श्रेष्ठले परिवार र सिङ्गो समाजलाई मानसिक र आर्थिक रुपमा नकारात्मक प्रभाव पारेको बताएकी छन्। दुई दिनसम्म चल्ने सम्मेलनमा मधुमेह साथसाथै जटिल समस्याको रुपमा रहेको थाइराइड सम्बन्धी समस्याको पहिचान तथा उपचार र रोकथामको लागि अनुसन्धानमूलक साझा सहमति सहितको निर्देशिका प्रस्तुत हुनेछ ।

सम्मेलनको पहिलो दिन कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वार अभिनित वृत्तचित्र मधुमेहको भाग-२ को प्रिमियर शो समेत प्रस्तुत गरिएको थियो । नेपाल टेलिभिजनमा आज रातिदेखि उक्त सो प्रसारण हुने जानकारी दिएको थियो । उद्घाटन समारोहमा नेपाल मधुमेह सोसाइटीलाई लाइफ एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments