काजी दामोदर पाँडेको २१९औँ स्मृति दिवस मनाइयो

0

काठमाडौं । काजी दामोदर पाँडेको २१९औँ स्मृति दिवस मनाइएको छ।शुक्रबार ‘काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान’ले काठमाडौंको भद्रकालीमा पाँडेको तस्बिरमा माल्यार्पण गरी दिवस मनाएको हो। पाँडेले नेपाल एकीकरणमा गरेको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली गरिएको प्रतिष्ठानका महासचिव भक्तप्रह्लाद पाँडेले बताए।

काजी कालु पाँडेका कान्छा छोरा दामोदरको जन्म १८०८ वैशाखमा गोरखामा भएको थियो। १८५९ कात्तिकमा नायवी प्रथाको अन्त्य भई मुख्तियारी प्रथा सुरु भएको र प्रथम मुख्तियारमा दामोदर पाँडे नियुक्त भएको प्रतिष्ठानले स्मृति दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बहादुर शाहले चौबिसे राजासँग लडाइँ गर्दा दामोदर पाँडे गोरखाली सेनाको प्रधानसेनापति रहेको र उनको अगुवाइमा नेपाल सीमा काली नदी कायम भएको प्रतिष्ठानले जनाएको छ।

त्यसपछि उनी नेपाल–चीन युद्धमा सेनापति भई युद्ध लडेको र बेत्रावती सन्धि गर्न विशेष भूमिका निभाएको उल्लेख गरिएको छ। तत्कालीन शासकले १८६० सालमा हाल भद्रकाली मन्दिर रहेको‍ स्थानमा पाँडेको हत्या गरेको बताइएको छ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments