काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित, भक्तपुरमा भने शून्य

0

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ३९ जना र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १६१ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ११९ जना, भक्तपुरमा १० जना र ललितपुर जिल्लामा ३२ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ ।

प्रकाशित मितिः २०७९ असार १५ बुधबार

Comments

comments

Share.
Loading...

Comments