त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा

0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्‍चालन गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः २०७९ बैशाख १५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments