पछिल्लो २४ घन्टामा थप ७ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ९६ हजार ७६९ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ९ हजार ६१९ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा ६ सय ९१ र २ हजार ५५९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ। आज थप ९ सय १० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९६।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ ।

प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments