एमबीबीएस तथा बीडीएसको लाइसेन्स परीक्षा भदौमा

0

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षा आगामी भदौमा लिने भएको छ । काउन्सिलले एक विज्ञप्तिमार्फत गत चैत ८ गते लिने भनिएको लाइसेन्स परीक्षा आगामी भदौ ७ गते देखि १० गते सम्म गर्ने जनाएको हो ।

काउन्सिलका अनुसार बीडीएसको परीक्षा भदौ ७ गते हुनेछ भने एमबीबीएसको परीक्षा रोल नम्बर अनुसार ८ देखि १० गतेसम्ममा हुनेछ । लाइसेन्स परीक्षा ललितपुरको पुल्चोकमा रहेको इञ्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

परीक्षामा सहभागी हुने परीक्षर्थीका लागि साउन १८ गतेदेखि २३ गतेसम्म आफ्नो प्रवेशपत्रको प्रतिलिपी काउन्सिलको वेवसाइटमा पठाउनुपर्नेछ । यस्तै सो परीक्षामा सहभागी हुन सक्ने परीक्षार्थीले सोही प्रवेशपत्रको आधारमा अर्को पटकको परीक्षामा सहभागी हुन पाउनेछन् ।

परीक्षामा सहभागी हुने जानकारी गराएपछि सहभागी नहुने परीक्षार्थीले भने अर्को परीक्षाका लागि पुन आवेदन दिएर शुल्क समेत पुनः बुझाउनुपर्ने काउन्सिलले जनाएको छ ।

लाइसेन्स परीक्षामा एकसय ४ डिग्रीभन्दा माथि तापक्रम भएको व्यक्तिलाई परीक्षामा सहभागी नगराउने पनि काउन्सिलले जनाएको छ ।

परीक्षा सञ्चालन गर्दा परीक्षार्थी र अन्य सबैले २ मिटरको दुरी कायम गरी मास्क अनिवार्य प्रयोग गर्नुपर्ने पनि जनाइएको छ ।

प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments