काठमाडौंमा ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन हुँदै

0

काठमाडौं ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

प्याब्सनको आयोजना र सीटीएफ नेपालको सहयोजनामा सम्मेलन माघ ९ र १० गते काठमाडौंमा हुनेछ । विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडि बढाउन सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए ।

नेपालको शिक्षा प्रणाली पुरानै विधि र ढंगले अगाडि बढिरहेकोले यसलाई समय सापेक्ष रुपमा अगाडी बढाउन सहयोग गर्ने उद्देश्यले प्याब्सन अगाडि बढिरहेको उनले बताए । अहिलेको आवश्यकता शिक्षालाई सीपसँग जोड्न सकेमात्रै व्यवहारिक हुने उनको भनाई छ ।

सम्मेलनमा देश विदेशका विभिन्‍न विज्ञहरुको आफ्नो प्रस्ततीहरु दिने कार्यक्रम रहेको छ । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, निजी विद्यालयका संचालक प्रधानाध्यापक, शिक्षक सामुलायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा नीतिमा काम गर्ने विज्ञहरु लगायत ३ सयभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments