चिनियाँ रक्षामन्त्री केही दिनभित्रै नेपाल भ्रमणमा आउने

0

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे यही नोभेम्बर महिनाभित्रै नेपाल आउने लगभग तय भएको छ। यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने सूचना चिनियाँ उच्चस्तरीय भ्रमणसम्बन्धी तयारी गरिरहेका नेपाल र चीनका उच्च अधिकारीहरुलाई उद्धृत गर्दै एक सरकारी अधिकारीले जानकारी दिएका थिए। वेइ चीनका स्टेट काउन्सिलर पनि हुन्।

‘दुईमध्ये एक आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततस् वेइ नै नेपाल आउने लगभग पक्कापक्की भएको छ,’ उच्च सरकारी स्रोतले देशसञ्चारसँग भन्यो।

चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिवसीय नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीको नेपालमा भ्रमण हुन लागेको हो। छिमेकी भारतले भने एकपछि अर्को सरकारी अधिकारीहरु नेपाल भ्रमणमा पठाइरहेको छ। भारतीय विदेशसचिव हर्षबर्द्धन स्रिङ्ला नोभेम्बर २६ मा दुईदिने भ्रमणका लागि नेपाल आउने भएका छन्।

प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments