योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्रीमा निर्वाचित

0

काठमाडौं । जापानको तल्लो सदनले योशिहिदे सुगालाई बुधबार देशको नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित गरेको छ । शिन्जो अबेले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।

योशिहिदे सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार निर्वाचित भएका थिए । योसँगै उनी प्रधानमन्त्री प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिस्पर्धा गरेका पूर्वविदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए ।

७१ वर्षीय सुगा निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका थिए । सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments