जुन १ सम्ममा अमेरिकामा एक लाख मानिसको मृत्यु हुने

0

काठमाडौं ।  १४ दिनभित्र अर्थात जुन १ सम्ममा अमेरिकामा एक लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ ।

अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसी का निर्देशक रोबर्ट रेडफील्डले जुन १ सम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख नाघ्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा कम हुँदै जाने बताउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ ३ शनिबार

Comments

comments

Share.
Loading...

Comments